दाङमा एकै घरका ९ जनामा कोराना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दाङमा एकै घरका ९ जनामा कोराना संक्रमण

विकाश डाँगी,
दाङ
। दाङमा एकै घरमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तुलसीपुर उपमहानगरपालिका २ मा १५ महिने देखि ७० वर्ष उमेरकालाई मंगलबार एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पुष्टि भएको उपमहानगरको कोभिड १९ फोकल पर्सन विमल केसीले बताए ।

उनका अनुसार ति घरका केही परिवारलाई ज्वरो, रुघाखोकी लागेको जस्तो लक्षण देखिएपछि परिवारका सबैलाई परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । उनीहरूको अवस्था अहिले सामान्य रहेको र होम आइसोलेसनमा रहेको समेत उनले बताए ।

ति मध्य २ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेका छन् । यो सहित सोमबार तुलसीपुरमा १५ जनालाई कोरोना पुष्टि भएको समेत उनले बताए । हाल उपमहानगरमा ७८ जना सक्रिय सङ्क्रमितहरू रहेको र ति मध्य ७० जना होम आइसोलेसन र ८ जना अस्पतालमा आइसीयूमा उपचाररत रहेको समेत उनको भनाइ छ ।

यता उपमहानगरपालिका सबै भन्दा बढि ३१ देखि ४० वर्ष सम्म उमेरका ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको पाइन्छ । उपमहानगरको जनस्वास्थ्य प्रर्वद्धन शाखाको अनुसार हाल सम्म कोरोना संक्रमित भएका मध्य सबै भन्दा बढि ३१ देखि ४० वर्ष सम्मका १ हजार २०८ जना रहेका छन् ।

त्यसपछि २१ देखि ३० वर्ष सम्मका १ हजार ८२ कोरोनामा पुष्टि भएको फोकल पर्सन केसीले बताए । उनका अनुसार ४१ देखि ५० वर्ष सम्मका ७९२ जना, ५१ देखि ६० वर्ष सम्मका ४५१ जना रहेका छ । त्यस्तै, ६१ देखि ७० वर्ष सम्म सम्मका ३६० जना, ७१ देखि ८० सम्मका ११४ जना, ८० भन्दा माथि ३२ जना र १० वर्षमुनिका ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै उपमहानगरमा धेरै भन्दा बढि समुदाय स्तरमा कोरोना फैलिएको समेत उनको भनाइ छ । उनका अनुसार समुदाय स्तरबाट ४ हजार १४९ जनामा कोरोना पुष्टि भएको थियो । त्यस्तै भारतबाट आएका ८१ जना, तेस्रो मुलुकबाट आएका १२ जना, स्वास्थ्यकर्मी ३४ जनामा कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी ६ जना जनप्रतिनिधि, ३२ जना विभिन्न कार्यालयका कर्मचारी, १८ जना शिक्षक, ७ जना विद्यार्थी , ३ जना पत्रकार र ३५ जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएको उनको भनाइ छ । हाल सम्म उपमहानगरमा ४३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १०८ जनाले कोरोनाको कारण ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);