दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै, ४४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै, ४४ जनाको मृत्यु

दाङ, २७ मंसिर । दाङमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ । जिल्लामा शुक्रबार सम्म २२ हजार ८१६ जनाको स्वाब पीसीआर परीक्षण गर्दा ३ हजार २८८ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ४४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

संक्रमित मध्ये २ हजार ९९२ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या २४९ जना रहेको छ, भने ति मध्ये होम आइसोलेशनमा २०५ जना र संस्थागत आइसोलेशनमा ४४ जना रहेको फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो ।

संक्रमणबाट मृत्यु हुनेमा सबै भन्दा बढि तुलसीपुर उपमहानगरपालिकाका रहेका छन् । उपमहानगरपालिकामा हाल सम्म १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा १७ जना पुरुष र २ जना महिला रहेको उपमहानगरको जनस्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ ।

उपमहानगरमा शुक्रवार सम्म ७७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्ये ६९७ जना निको भएर डिस्चार्ज भएको उपमहानगरका फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो । अहिले २९ जना महिला र ५३ जना पुरुष गरी ८२ जना सक्रिय संक्रमितहरु रहेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी घोराही उपमहानगरपालिकामा १९ जना, लमहि नगरपालिकामा ३ जना, राप्ती गाउँपालिकामा २ जना र बबई गाउँपालिकामा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);