दाङमा हाल सम्म साढे ८ हजारभन्दा बढी संक्रमित, करिब ६ हजार डिस्चार्ज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

दाङमा हाल सम्म साढे ८ हजारभन्दा बढी संक्रमित, करिब ६ हजार डिस्चार्ज

विकास डाँगी,
दाङ ।
दाङमा गत बर्षदेखि यहि बैशाख ३१ गते सम्म ८ हजार ५ सय ५४ मा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्य ५ हजार ८ सय ४६ ले कोरोना जितेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

कार्यालयका फोकल पर्सन कमल चन्दका अनुसार अहिले जिल्लामा २ हजार ७ सय ८ संक्रिय संक्रमित रहेका छन् भने १ सय ३४ को कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

जिल्लामा सबै भन्दा बढी संक्रमित घोराही उपमहानगरपालिकामा रहेका छन् । घोराहीमा ३ हजार ७ सय २, तुलसीपुरमा ३ हजार १ सय ३७, गढवा गाउँपालिकामा १ सय ४९, दंगीशरण गाउँपालिकामा १ सय १८ बंगलाचुली गाउँपालिकामा १ सय ९९ मा कोरोना पुष्टि भएको फोकल पर्सन चन्दले जानकारी दिए ।

त्यस्तै राजपुर गाउँपालिकामा ७७ , बबई गाउँपालिकामा १ सय ९०, राप्ती गाउँपालिका २ सय ३७, लमही नगरपालिकामा ५ सय ६७ र शान्तिनगर गाउँपालिकामा १ सय ७८ मा कोरोना पुष्टि भएको तथ्याकं रहेको छ ।

यसैगरी दोस्रो चरणको कोरोना महामारीसंगै जिल्लामा सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिमा संक्रमित भएका छन् । बैशाख १ देखि ३१ सम्म २ हजार २ सय ३२ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको उपमहानगरका फोकल पर्सन विमल केसीले जानकारी दिए । ती मध्ये ६ सय २४ ले कोरोना जितेका छन्, भने ४१ को मृत्यु भएको छ ।

उपमहानगरमा शुक्रबार सम्म १ हजार ५ सय ६७ जना सक्रिय संक्रिमत रहेको समेत केसीले जानकारी दिए । त्यस्तै दोस्रो स्थानमा रहेको घोराही उपमहानगरपालिकामा बैशाख महिनाभर १ हजार ७ सय ८५ मा संक्रमण पुष्टि भएको उपमहानगरको जनस्वास्थय प्रवद्र्धन शाखाले जनाएको छ । ती मध्ये ५ सय ४६ निको भएका र हाल उपमहानगरमा १ हजार २ सय २ सक्रिय संक्रमित रहेको शाखाले जनाएको छ ।

उपमहानगरमा बैशाख महिनामा ३७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उपमहानगरमा सबैभन्दा बढी २१ देखि ५० वर्ष उम्मेरका संक्रमित भएका छन् । जसमा १ हजार २ सय २७ रहेका छन्, भने ५१ देखि ५९ वर्ष उमेरका १ सय २२ , ६० देखि ६९ सम्मका १ सय १८ , ११ देखि २० सम्मका १ सय ९ रहेका छन् ।

त्यसैगरी १० बर्ष सम्म उमेरका ६४ र ७० देखि माथि उमेरका ४५ मा कोरोना पुष्टि भएको शाखाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);