दुल्लु अस्पतालका डाक्टर तालिम भन्दै हिँडेपछि उपचार प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दुल्लु अस्पतालका डाक्टर तालिम भन्दै हिँडेपछि उपचार प्रभावित

दैलेख । आन्तरिक कलहका कारण दुल्लु अस्पताल डाक्टरविहीन भएको छ । अस्पतालमा तीनजना डाक्टर कार्यरत छन् । तर, उनीहरूबीचको बेमेलका कारण उपचारमा आउने बिरामी त्यसै फर्किने गरेका छन् ।

नियमित रूपमा डाक्टर अस्पतालमा नहुनु, औषधिको अभाव हुनु, कहिले विभिन्न उपकरण बिग्रिँदा अस्पताल पुग्ने बिरामीले सास्ती खेप्नुपरेको छ । अस्पतालमा बेलाबेलामा एक्सरेलगायतको सेवा प्रभावित हुने गरेको छ ।

अस्पतालमा तीनजना डाक्टरको दरबन्दीसहित ५७ जना स्वास्थ्यकर्मी र कर्मचारी छन् । तर, बिरामीले कहिल्यै सज ढंगले उपचार सेवा पाउँदैनन् । ‘केही समयअघि अस्पताल प्रमुख डा. रञ्जना रोकाया काम छ भनेर कसैलाई कार्यवाहक नै नदिई हिँडेपछि डा. अशोककुमार शाह पनि जानकारी नदिई घर जानुभयो । अर्का डाक्टर लीला जोशी पनि बिदा भन्दै अस्पताल जान छाडेपछि अहिले अस्पताल डाक्टरविहीन छ,’ नाम नबताउने सर्तमा एक कर्मचारीले भने ।

जसकारण अहिले अस्पतालका विभिन्न विशेषज्ञ सेवा बन्द भएका छन् । हेल्थ असिस्टेन्टले सेवा दिइरहेको अहेव शंकर दानीले बताए । डाक्टरहरु नहुँदा ल्याव सेवासमेत प्रभावित भएको छ । ल्यावबाट रिपोर्ट ढिलो आउने र आएको रिपोर्टसमेत चेकजाँच गर्ने डाक्टर नै नभएपछि कुनै अर्थ नभएको स्थानीय दिपेन्द्र कार्कीले बताए ।

दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले तीनजना डाक्टर सुर्खेत तालिमका लागि निस्केको बताए । ‘उहाँहरु तीनैजना सुर्खेतमा मानसिक रोगसम्बन्धी तालिम रहेकाले अझै पाँच दिनसम्म अस्पतालमा डाक्टरको उपस्थित हुन्न,’ उनले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);