डा. हरि सापकोटाको मृत्यु पछि थामिएनन् सहपाटीका आँशु बिरामी | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

डा. हरि सापकोटाको मृत्यु पछि थामिएनन् सहपाटीका आँशु बिरामी

विवशकुमार सेजुवाल
सुर्खेत, १६ असोज ।
कर्णाली प्रदेश अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको कोरोना संक्रमणका कारण बिहीबार निधन भए पछि त्यसको दोस्रो दिन कर्णाली प्रदेश अस्पतालले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्‍यो ।

अरु दिनहरु भन्दा आजको यो दिन कर्णाली प्रदेश अस्पतालको मुहार फरक देखिन्थ्यो । उनका सहपाटीहरु आँखामा आँशु बोक्दै अस्पतालको अगाडि जम्मा भएका थिए । कर्णाली प्रदेशको हाड जोर्नि विशेषज्ञ सेवाको जननिको रुपमा रहनुभएको डा. सापकोटाको मुत्युको सोकमा पुरै अस्पताल भावविहल देखिएको थियो ।

दुई दशक लामो समय कर्णालीका बिरामीको निम्ती सेवा गर्नु भएका डा. सापकोटालाई कर्णाली प्रदेशमा नचिन्ने कोहि पनि छैन । सुविधाका ठूला ठूला अवसर हुँदा हुँदै पनि कर्णाली छोड्न नमान्नु भएका डा. सापकोटाले अन्तत बिरामीको उपचार गर्दै गर्दा कोरोना सँग हारेर सदाको कर्णाली बासीबाट विदा हुनु भएको छ ।

कर्णाली प्रदेश अस्पताल मेरो घर हो यहाँ आउने बिरामीमेरो परिवार हुन् भन्ने व्यावाहार डा. हरी सापकोटाबाट सिक्नु पर्ने प्रदेश अस्पतालमा कार्यरत बाल रोग विषेशज्ञ डा. नवराज सापकोटाले बताउनु भयो । “डा. हरि सापकोटा कर्णाली प्रदेशको पिताको रुपमा हुनुहुन्थ्यो, उहाँलाई सधै हामीहरु सम्झिने छौ’ डा. के.सी. ले बताउनु भयो ।

कर्णालीमा दुई दशक लामो समय सेवा गर्नु भएका डाक्टर हरि सापकोटाको शरिर नभए पनि आत्मा सधै रहिरहने भन्दै अस्पतालका निर्देशक डाक्टर डम्वर खड्काले अनुसासनको कुरा र अस्पतालको विकासको कुरा गर्दा सधै डाक्टर हरि सापकोटालाई सम्झिनु पर्ने बताउनु भयो ।

‘मान्छे गए पछि मात्र उसको महत्व थाहा हुन्छ भन्दै अस्पतालका निर्देशक डाक्टर खड्काले बिरामीले हरेक समयमा उहाँलाई सम्झिने छन्’ उहाँले भन्नु भयो । पछिल्लो समयमा उहाँलाई धेरै ठुलो पिडा थियो, निर्देशक खड्काले भन्नुभयो, उहाँको पिडालाई कम गराउनको लागि हामी लागिरहेका थियौ तर आफुहरु असफल भएको बताउनु भयो ।

डाक्टर हरी सापको नाममा अस्तालमा सरकारसँग माग गरेर कुनै एउटा स्मृति निर्माणको लागि माग गरिने पनि बताउनु भयो ।

५९ वर्षीय डा. सापकोटाको बिहीबार बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हाडजोर्नीसम्बन्धी विशेषज्ञता हासिल गरेपछि करिब दुई वर्ष भेरी अस्पतालमा काम गर्नु भएका उहाँले त्यसपश्चात् सुर्खेतलाई नै आफ्नो कर्मथलो बनाउनु भएको थियो ।

कामप्रतिको लगाव, बिरामीप्रतिको नम्र व्यवहारले गर्दा कर्णाली मात्र होइन प्रदेश ५ र सुदूरपश्चिम प्रदेशवासीका लागि पनि उहाँ भरपर्दा डाक्टरका रूपमा परिचित हुनुहुन्थ्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);