चिकित्सकको अभावमा बन्द भएकाे प्रदेश अस्पतालका दुई विभाग सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

चिकित्सकको अभावमा बन्द भएकाे प्रदेश अस्पतालका दुई विभाग सञ्चालनमा

कर्णाली प्रदेशको प्रदेश अस्पताल

कर्णालीका स्थानीयले सर्वसुलभ स्वास्थ्य सेवा पाउन अझै अठिन –

विवश कुमार सेजुवाल
सुर्खेत, १८ साउन । कर्णाली प्रदेशको प्रदेश अस्पतालमा चिकित्सकको अभावमा बन्द रहेको दुई विभागहरु सञ्चालनमा आएका छन् । प्रदेश अस्पतालको अनुरोध र टिचिङको सहयोगमा थप दुइ वटा विभाग र पाँच जना चिकित्सकहरु थपिएका छन् ।

सल्यक्रिया, प्रसुती, हाडजोर्नी, बाल रोग, हिस्टो प्याथोलोजी, नसा तथा मानसिक रोग, एमडीजिपि तथा इमर्जेन्सी मेडियसन लगायत १४ वटा विभाग सञ्चालनमा रहेको अस्पतालमा नाक, कान, घाँटी र छाला रोगको विभागमा सञ्चालनमा ल्याइएको हो ।

कर्णाली प्रदेशमा प्रचारको कमी, सेवा सुविधाको अभाव लगायत चिकित्सकहरुलाई बस्ने वातावरण नभएका कारण प्राय चिकित्सकहरु आउन नमान्ने देखिन्छ ।

दुर्गममा जान प्राय डाक्टर मान्दैनन् । तर डाक्टर सन्तोष बस्नेत भने दुर्गम क्षेत्रमा सेवा दिने धोको भएकाले कर्णाली पुगेको बताउनु हुन्छ ।

धेरै प्रयासपछि कर्णाली प्रदेश अस्पतालमा ५ जना डाक्टर आईसकेपछि अस्पतालको सेवा सहज हुने विश्वास गरिएको छ । उपचारका लागि आउने विरामीको हिसावले चिकितसकको यो संख्या पनि कम नै हो । तर आएका पनि छिटो छोड्ने र सरुवा हुने समस्या यहाँ देहोरिनै रहन्छ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल अब डाक्टरको अभावलाई अन्त्य गर्ने बताउनु हुन्छ । कर्णाली प्रदेशका १० वटै जिल्लाहरुमा चिकित्सक राख्ने योजना भएको मन्त्री रावल बताउनु हुन्छ ।

स्वास्थ्य सेवा हरेक नागरिकको आधाभुत अधिकार हो तर कर्णाली प्रदेशमा स्वास्थ्य सेवा पाउन नसकेरै विरामीले ज्यान गुमाउनु परेका खबरहरु धेरै आउने गरेका छन् । सरकारले छात्रावृत्ति मै पढाएका चिकित्सकहरु समेत दुर्गममा जान नमान्ने कारण पनि यस्ता क्षेत्रहरुमा पर्याप्त चिकित्सक हुन नसकेको विज्ञहरुको भनाई छ । अर्को तिर सेवा सुविधा कम भएको चिकित्सकहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);