सुर्खेतका चिकित्सकलाई आन्दोलनले छोएन, आफ्नै कर्ममा तल्लिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सुर्खेतका चिकित्सकलाई आन्दोलनले छोएन, आफ्नै कर्ममा तल्लिन

बिवश कुमार सेजुवाल
सुर्खेत, २८ चैत । देश भरका सरकारी चिकित्सकहरु आन्दोलनरत रहेका बेला सुर्खेतका चिकित्सकहरु भने आफ्नो कामलाई निरन्तरता नै दिईरहेका छन् । बिरामीको मर्कालाई बुझेर स्वास्थ्य सेवा सुचारु राखेकोे चिकित्सहरुले बताएका छन् ।

गएको शुक्रबारदेखि देशभरका सरकारी अस्पतालमा कार्यरत सरकारी चिकित्सकहरु आकस्मिक बाहेकका सेवा ठप्प गरी आन्दोलन गरिरहेका छन् । कर्मचारी समायोजनको बिरोधमा उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमा रहेका सरकारी चिकित्सकको मुख्य माग चिकित्सकहरु प्रदेश अन्तर्गत नभई संघीय सरकार अन्तर्गत रहन पाउनु पर्छ भन्ने छ । चिकित्सकको आन्दोलनले उपचारका लागि अस्पताल पुगेका विरामीहरु त्यसै फर्किन बाध्य छन् ।

तर सुर्खेतको कर्णाली प्रदेश अस्पतालमा भने चिकित्सहरुले सेवालाई सुचारु नै राखेका छन् । कर्मचारी समायोजनको समर्थनमा नभए पनि बिरामीहरुको मर्कालाई बुझेर आफ्नो दायित्व निर्वाह गर्न सेवा सुचारु राखेको कर्णाली प्रदेश अस्पतालका प्रमुख डाक्टर डम्मर खड्काले बताए ।

सरकारको समायोजन प्रणालीमा गयो भने त्यसले विशेष गरी कर्णाली प्रदेश र प्रदेश –७ मा भयावह स्थिति आउने चिकित्सकहरु बताउँछन् । यसलाई नीति निर्माताहरुले बुझ्नु पर्ने डाक्टर के.एन पौडेलको भनाई छ ।

कर्णाली प्रदेश अस्पतालमा दुई दिन ओपिडि सेवा बन्द हुँदा सर्वसाधारणले निकै सास्ती व्यहोरेका थिए । दुई दिन अस्पताल बन्द भएर असहज भएपनि अहिले नियमित रुपमै सेवा पाएपछि बिरामीहरु खुशी छन् ।

यसैगरी चितवनका अस्पतालमा पनि चिकित्सकहरुले सेवा सुचारु गरेका छन् । अन्य अस्पतालहरुले पनि धमाधम सेवा सुचारु गर्न थालेका छन् । विरामीको समस्यालाई चिकित्सकले बुझेर सेवा सुचारु गरिए जस्तै चिकित्सकको समस्या पनि सरकारले बुझ्नु पर्ने सरकारी चिकित्सकहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);