चिकित्सकहरुको आन्दोलनले उपचार सेवा ठप्प, बिरामी मर्कामा | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

फूलमाया आले, काठमाडौं ६ असोज । चिकित्सकको लापर्बाहीका कारण अस्पतालमा बिरामीको मृत्यु भए सम्बन्धित चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने सरकारको निर्णय फिर्ता लिन माग गर्दै शुक्रबारबाट चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । पूर्वसूचना नदिई चिकित्सकहरुले उपचार सेवा ठप्प पारेपछि बिरामी मर्कामा परेका छन् ।

चिकित्सकको लापर्बाहीका कारण बिरामीको मृत्यु भएका घटना बढेको भन्दै असोज २ गतेको मन्त्रिपरिषद् बैठकले क्षतिपूर्तिबारे नयाँ व्यवस्था गरेको हो ।

तर, सरकारी निर्णयलाई चुनौती दिँदै नेपाल चिकित्सक संघ आन्दोलनमा उत्रिएको हो । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र ठप्प पारेर चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बिरामीहरु समस्यामा परेका छन् ।

आन्दोलनरत चिकित्सकहरुले सरकारले असोज २ गतेको निर्णय फिर्ता लिनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई परिमार्जन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हातपात गर्ने व्यक्ति वा समूहलाई बिनाधरौटी जेल चलानको प्रावधान थप गर्नुपर्ने र संघसँग सरकारले विगतमा गरेका सम्झौता अक्षरशः कार्यान्वयन हुनुपर्ने जस्ता माग राखेका छन् । उपचारमा लापर्बाही भएका कारण बिरामीको मृत्यु हुने क्रम बढेपछि सरकारले चिकित्सकलाई पेसाप्रति थप जवाफदेही बनाउन नयाँ व्यवस्था गरेको हो ।

तर, मानवीय संवेदशीलताको ख्याल नगरी थप मागहरु तेर्साउदै आन्दोलनमा उत्रिनु कति जायज होला त ?

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);