आफ्नो माग पुरा गराउन अरुको नैसर्गिक अधिकार हनन गर्नेु कत्तिको जायज होला ? | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

फूलमाया आले, काठमाडौं, ७ असोज । स्वास्थ्य उपचार गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो । तर यतीबेला चिकित्सकहरुको आन्दोलनका कारण नागरिक, स्वास्थ्य उपचार गर्न पाउने हकबाट बञ्चित भएका छन् । सरकारले उपचारका क्रममा चिकित्सको लापरवाहीका कारण विरामीको मृत्यु भएमा चिकित्सकबाट नै क्षतिपूर्ति भराउने गरी कानुन बनाउने तयारी गरेपछि चिकित्सकहरु स्वस्थ्य सेवा नै बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

 

लोकतान्त्रिक शासन व्यवस्था भएको मूलुकमा आफूलाई चित्त नबुझेको विषयमा विरोध गर्न पाइन्छ । साथै माग पुरा गर्न दबाब दिन पनि पाइन्छ । तर आफ्नो माग पुरा गराउन अरुको नैसर्गिक अधिकार हनन गर्ने कुरा कत्तिको जायज होला ? अहिले चिकित्सकहरुको आन्दोलनका कारण विरामीहरु स्वास्थ्य उपचार गर्नबाट बञ्चित भएका छन् । २४ सै घण्टा सञ्चालनमा हुनुपर्ने स्वास्थ्य संस्था ठप्प छ । उपचारमा संलग्न हुनुपर्ने चिकित्सकहरु नाराबाजी र प्रदर्शनमा उत्रिएका छन् । जसको प्रत्यक्ष मारमा बिरामी परेका छन् ।

आफ्नो माग पुरा गराउनका लागि दबाब दिने विभिन्न तरिका छन् । तर चिकित्सकहरु मानवियताकोसमेत ख्याल नगरी सेवानै बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । अस्पतालमा चिकित्सक नभएपछि टाढाटाढाबाट उपचार गराउन राजधानी आएकाहरु अन्यौलमा परेका छन् ।

आन्दोलनरत चिकित्सकहरुले विरामीको मृत्यु भएका चिकित्सकबाट नै क्षतिपूति भराउने गरी विधेयक बनाउन सरकारले दिएको निर्देशन फिर्ता लिनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई परिमार्जन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हातपात गर्ने व्यक्ति वा समूहलाई बिनाधरौटी जेल चलानको प्रावधान राख्नुपर्ने लगायतका माग अघि सारेका छन् । चिकित्सकहरुको यी माग वार्ता र संवादवाटै सम्बोधन गर्न सकिन्छ । तर चिकित्सकहरु मानवीयताको ख्यालै नगरी स्वास्थ्य सेवा नै बन्द गरी आन्दोलनमा उत्रनु कत्तिको जायज होला ?

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);