सुरक्षाको प्रत्याभुति नभएसम्म काममा नफर्कने चिकित्सक संघको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सुरक्षाको प्रत्याभुति नभएसम्म काममा नफर्कने चिकित्सक संघको चेतावनी

काठमाडौं, १० असोज । नेपाल चिकित्सक संघले सम्पूर्ण चिकित्सकको सुरक्षाको प्रत्याभुति नभएसम्म काममा नफर्कने चेतावनी दिएको छ ।

मंगलबार सांझ राजधानीमा पत्रकार सम्मेलन गरी नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारले सम्पुर्ण चिकित्सकको सुरक्षाको प्रत्याभुति दिनुपर्ने बताए । राज्य र सिंगो सरकार नै चिकित्सक र स्वास्थ्य संस्था प्रति गम्भीर नबनेको भन्दै उनले देशमा सरकार भएको प्रत्याभुति हुनु आवश्यक रहेको बताए ।

ठुला नेताहरुलाई नेपालको स्वास्थ्य सेवाबारे चासो नभएको भन्दै उनले स्वास्थ्यकर्मी र सर्वसाधरणमा फाटो आउने काम सरकारबाटै भएको आरोप लगाए । सरकारको पछिल्लो निर्णयले चिकित्सकहरुको मनोबल गिराएको भन्दै उनले सुरक्षाको प्रत्याभुतिसंगै विद्यमान स्वास्थ्य ऐन संसोधन गर्ने प्रतिवद्धता आए आफुहरु काममा फर्कने बताए ।

असोज २ गतेको मन्त्रीपरिषद् बैठकले चिकित्सकको लापरवाहीका कारण उपचाररत विरामीको मृत्यु भएमा क्षतिपुर्ति चिकित्सकबाट भराउने गरी स्वास्थ्य सेवा विधेयक बनाउन स्वास्थ्य मन्त्रालयलाई भनेको थियो ।

सोही निर्णयको विरोध गर्दै चिकित्सकहरुले थालेको आन्दोलनले मुलुकभरको स्वास्थ्य सेवा प्रभावित भएछि सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश नफर्के सम्म आन्दोलन स्थगित गर्न चिकित्सकहरुलाई आव्हान गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);