हजारे अभियानका अभियन्ता डिबी क्षेत्रीको सचिवमा दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

युएई, ११ असोज ।  गैर आबासिय नेपाली संघ (एनआरएनए) अन्तरास्ट्रिय समन्वय परिषदको सचिबमा डिबी क्षेत्रीले उमेदवारी घोषणा गरेका छन् ।
एनआरएनएका मध्यपुर्ब सँयोजक समेत रहेका क्षेत्रीले मजदुर हित र अधिकारका लागी लडिरहने प्रतिबद्धता समेत जनाए ।

सन २००९ देखि एनआरएनमा सक्रिय क्षेत्री ओमान एनआरएन एनसीसीको केन्द्रिय सदस्य, प्रबक्ता हुँदै २०११ देखी २०१५ सम्म लगातर २ कार्यकालका लागि अध्यक्ष समेत भएका थिए।
खाडीमा काम गर्ने कामदारको सामाजिक सुरक्षाका लागि बिशेष पहल गर्दै आईरहेका क्षेत्री बिगत १३ बर्ष देखी ओमानलाई कर्मथलो बनाउँदै आएका छन् । ओमान आउनु अघी उनी ५ बर्ष साउदी अरबमा कार्यरत थिए । बैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि सञ्चय कोषको ब्यवस्था, हाइड्रो पावर लगायत बिभिन्न योजनाहरुमा लगानीको बातावरण निर्माण र पर्यटन बिकासमा टेवा पुर्याउने लगायतका योजनाहरु क्षेत्रीले अघी सारेका छन् ।

२०१३ मा बहराईन सम्मेलनमा बैदेशिक कामदारहरुको लागि सामाजिक सुरक्षा कोष सम्बन्धी अबधारणा ल्याएका क्षेत्रीले २०१५ मा हजारे अभियान घोषणा गरेका थिए । हजार अभियानकै स्वरुपमा नेपाल सरकारले हाल सञ्चय कोष सम्बन्धी अबधारणा ल्याएको छ । बैदेशिक रोजगारीलाई समेट्ने गरी ल्याईएको सञ्चय कोष सम्बन्धी उक्त कानुन श्रम मन्त्रालयमा छलफलको क्रममा रहेको छ । ओमान एनसीसीको अध्यक्ष भएको समयमा २०१५ मा क्षेत्रीकै पहलमा ओमानमा दुताबासको स्थापना भएको थियो । आगामी एनआरएन सम्मेलनमा क्षेत्रीलाई सचिबको शसक्त उम्मेद्वारको रुपमा हेर्न थालिएको छ ।

संगठन भित्र रहदा ब्यक्तिगत लोभ लालच भन्दा मजदुरकै हक अधिकार प्राप्तिका लागी काम गर्दै आयका छेत्री लाइ खाडिमा काम गर्न नेपाली हरुले अभिभावक मान्दै आयका छन ।

एनआरएनएको अन्तराष्ट्रिय सम्मेलन आगामी अक्टोबर १४ – १६ मा काठमाण्डौमा सम्पन्न हुन गईरहेको छ । उक्त सम्मेलनले २०१७ – २०१९ कार्यकालको लागि नयाँ कार्यसमिति चयन गर्नेछ । सम्मेलनमा विश्वका ७५ भन्दा बढी मुलुकका एनआरएनहरु उपस्थित हुनेछन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);