विदेशमा अलपत्र परेका नेपाली कामदारलाई विशेष आश्रय स्थलको व्यवस्था मिलाइएको छः श्रममन्त्री भण्डारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

विदेशमा अलपत्र परेका नेपाली कामदारलाई विशेष आश्रय स्थलको व्यवस्था मिलाइएको छः श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशमा अलपत्र परेका नेपाली कामदारहरुका लागि ओमान, कुवेत, साउदी अरेविया र बहराइनमा विशेष आश्रय स्थलको व्यवस्था गरिएको बताउनु भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उहाँले सो कुरा बताउनु भएको हो । मन्त्री भण्डारीले वैदेशिक रोजगारका लागि सबै प्रकारका श्रम स्विकृति दिने व्यवस्था प्रदेश स्तरमा रहेका श्रम तथा रोजगार कार्यालयहरुबाट मिलाइएको जानकारी समेत दिनु भयो ।

उहाँले नेपाली नर्स तथा हेल्थ सेक्टरका अन्यलाई बेलायत पठाउने समझदारी अनुसार त्यसको छनौट प्रक्रियालाई अघि बढाइएको पनि बताउनु भयो ।

मन्त्री भण्डारीले भन्नु भयो, ‘विदेशमा अलपत्र परेका नेपाली कामदारलाई उद्धार गरी तत्काल आश्रय प्रदान गर्न ओमान, कुवेत, साउदी अरेविया र बहराईनमा विशेष आश्रय स्थलहरुको व्यवस्था गरिएको छ । प्रदेश स्तरमा रहेका श्रम तथा रोजगार कार्यालयहरुमार्फत् बैदेशिक रोजगारीका लागि सबै प्रकारका श्रम स्विकृति हुने व्यवस्था गरिएको छ । नेपाल सरकार र बेलायत सरकारबीच सम्पन्न श्रम समझदारी अनुसार बेलायतमा नेपाली नर्स तथा हेल्थ सेक्टरका अन्यहरुलाई पठाउने सम्बन्धि छनौट कार्यलाई व्यवस्थित र प्रभावकारी रुपमा अगाडि समझदारको कार्यान्वयन ढाँचा मन्त्रीपरिषदबाट स्विकृत भईसकेको छ ।’

मन्त्री भण्डारीले बैदेशिक रोजगारमा रहेकाहरुलाई त्यहाँस्थित नेपाली नियोगबाट श्रम स्विकृति नविकरण गर्न सक्ने व्यवस्था पनि गरिएको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);