बारामा कांग्रेस पहिलो दल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बारामा कांग्रेस पहिलो दल

बारा, ११ असोज। बारा जिल्लाका सबै स्थानीय तहका मतगणना सकिएको छ । बाराको कलैया उपमहानगरपालिकाको मतगणना सकिएसँगै सबै १६ वटा स्थानीय तहको मतगणना सकिएको हो ।

कलैया समेत गरि ६ स्थानीय तहमा जित हासिल गर्दै नेपाली कांग्रेस जिल्लाकै पहिलो पार्टी बनेको छ ।

काँग्रेसका राजेश प्रसाद यादवले १० हजार ९०३ मत ल्याउँदै मेयरमा बिजयी भएका छन् । त्यसैगरी उपप्रमुखमा काँग्रेसकै रहिना खातुन १० हजार ५३८ मत प्राप्त गरी विजयी भएकी हुन् ।

कांग्रेसले कलैया उपमहानगरपालिका लगाएत निजगढ नगरपालिका, सिम्रौनगढ नगरपालिका, महागढीमाई नगरपालिका, बारागढी गाउँपालिका र करैयामाई गाउँपालिकामा जित हासिल गर्र्दै पहिलो पार्टी बनेको हो ।

बारामा पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, फेटा गाउँपालिका र आदर्श कोतवाल गाउँपालिकामा जित हासिल गर्दै संघीय समाजवादी फोरम दोस्रो दल बनेको छ ।

त्यस्तै राष्ट्रिय जनता पार्टी (राजपा)ले जिल्लाका प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका र देवताल गाउँपालिकामा विजय प्राप्त गरेको छ ।

एमालेले भने जितपुर सिमरा उपमहानगरपालिका र कोल्हवी गाउँपालिका गरी दुई वटा स्थानीय तह मात्रै जितेको छ ।लोकतान्त्रिक फोरमले भने एक मात्र बिश्रामपुर गाउँपालिकामा जितेको छ भने बारामा नेकपा माओवादीको नतिजा सुन्य रहेको छ ।

                                           

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);