सुनसरीको गढी गाउँपालिकामा एमाले विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुनसरीको गढी गाउँपालिकामा एमाले विजयी

सुनसरी । सुनसरीको दक्षिणी गढी गाउँपालिका अध्यक्षामा नेकपा एमालेका उम्मेद्‌वार आशनारायण चौधरी  र उपाध्यक्षमा अनिता शाह निर्वाचित भएका छन् । चौधरीले ८ हजार ९०१ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेश दत्तले ५ हजार ३५० मत ल्याएर पराजित भए ।  उपाध्यक्षमा पनि नेकपा एमालेले नै जित हासिल गरेको छ । एमालेकी उम्मेदवार अनिता साहले ७ हजार ८१५ मत प्राप्त गरिन् भने कांग्रेसकी राजकुमारी चौधरीले ५ हजार ८३८ मत प्राप्त गरेर पराजय व्यहाेरेकी छन् ।

गढी गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५ र ६ मा एमालेले प्यानल नै जितेको छ । अघिल्लो निर्वाचनमा कांग्रेसका श्रीप्रसाद यादव अध्यक्ष र राजकुमारी चौधरी उपाध्यक्षमा निर्वाचित भएका थिए । योसँगै सुनसरीका १२ स्थानीय तहमध्ये ३ स्थानको मत परिणाम आइसकेको छ । हालसम्म देवानगञ्ज गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी विजयी भएको छ । उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । यता भोक्राहा नरसिंह गाउँपालिकामा भने नेपाली कांग्रेस अध्यक्ष र उपाध्यक्ष नै जितेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);