पर्साको जिराभवानी गाउँपालिकामा एमाले विजयी | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८०, शनिबार

पर्साको जिराभवानी गाउँपालिकामा एमाले विजयी

UML

पर्सा, ७ असोज । पर्साको जिराभवानी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी भएको छ । एमालेबाट अध्यक्षका उम्मेदवार रामप्रित महतोले २ हजार ९ सय ५९ मत प्राप्त गरी विजयी भएका छन् ।

उपाध्यक्षमा एमालेकी उषा चौधरी विजयी भएकी छन् । उनले २ हजार ५ सय ३८ मत प्राप्त गरी विजयी भएकी हुन् । काँग्रेसबाट अध्यक्षका उम्मेदवार बनेका महाबिर प्रसाद महतोले २ हजार २ सय ८७ मत प्राप्त गरे भने कांग्रेसबाट उपाध्यक्षकी उम्मेदवार बनेकी रेखा चौधरीले २ हजार ३३ मत प्राप्त गरेकी छन् ।