पूर्व सभासदलार्इ हराउँदै २८ वर्षीय 'मन्टु' बने पोखरिया नगरपालिकाको मेयर | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

पूर्व सभासदलार्इ हराउँदै २८ वर्षीय ‘मन्टु’ बने पोखरिया नगरपालिकाको मेयर

पर्सा, ७ असोज । पर्साको पोखरिया नगरपालिकाको प्रमुखमा नेपाली जनता दलले जित हात पारेको छ । उपप्रमुखमा भने संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएकी छन् ।

पूर्व सभासदलार्इ हराउँदै जनता दलका २८ वर्षीय दीपनारायण रौनियार (मन्टु)ले ३ हजार २६ मत प्राप्त गरी मेयर पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका प्रद्युन चौहानले २ हजार ७६७ मत प्राप्त गरि पराजित भए ।  प्रद्युन चौहान पूर्व सभासद हुन् ।

उपप्रमुखमा फोरम नेपालकी सलमा खातुनले २ हजार ७०४ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता दलकी बिनादेवी बैठाले २ हजार ४९५ मत प्राप्त गर्न सफल भएकी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);