बिमलेन्द्र निधिलार्इ हराउँदै धनुषा-३ बाट राजेन्द्र महतो विजयी | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

जनकपुरधाम । प्रतिनिधिसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नंं ३ बाट राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उनी ३० हजार ७५० मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विमलेन्द्र निधिले २७ हजार ८४७ मत प्राप्त गरेका छन्।

यसैगरी प्रदेशसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नंं २ (क) मा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार शैलेन्द्रकुमार यादव विजयी भएका छन् । उनले १६ हजार ५२१ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नवलकिशोर साहले नौ हजार ७४ मत प्राप्त गरेका छन्।

ताजा समाचार