बैतडीका सबै क्षेत्रमा वाम गठबन्धन विजयी | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८३, सोमबार

बैतडीका सबै क्षेत्रमा वाम गठबन्धन विजयी

बैतडी, २३ मंसिर । बैतडीका सबै क्षेत्रमा वाम गठबन्धनले जित हात पारेको छ । यहाँ प्रतिनिधिसभाका लागि एक र प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र कायमा गरिएको छ ।

प्रतिनिधिसभामा एमालेका उम्मेदवार दामोदर भण्डारी ३९ हजार ५२४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नरबहादुर चन्दले २८ हजार २९१ मत प्राप्त गरे ।

प्रदेशसभा

प्रदेशसभा (क) मा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट र प्रदेशसभा (ख) मा एमालेका लीलाधर भट्ट विजयी भए । प्रदेश ‘क’ मा माओवादी केन्द्रका प्रेमप्रकास भट्टले १८ हजार ९३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हरिमोहन भण्डारीले १५ हजार १२६ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेश ‘ख’ मा एमालेका लीलाधर भट्ट २० हजार ३१८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश चन्दले १५ हजार २४७ मत प्राप्त गरेका छन् ।