बझाङमा प्रतिनिधि र प्रदेशसभाका सबै सिटमा वाम गठबन्धन विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बझाङमा प्रतिनिधि र प्रदेशसभाका सबै सिटमा वाम गठबन्धन विजयी

बझाङ, २२ मंसिर । बझाङमा प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा वाम गठबन्धन विजयी भएको छ । यहाँ प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र कायम गरिएको थियो ।

एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार भैरवबहादुर सिंहले ३४ हजार ६१२ मत प्राप्त गरी विजयी भएका छन् । भैरवबहादुर वाम गठबन्धनका साझा उम्मेदवार हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहले २६ हजार ९१० मत प्राप्त गरे ।

यस्तै प्रदेश (क) मा पनि एमालेका उम्मेदवार अर्जुनबहादुर थापा विजयी भएका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार चन्द्रा जोशीलाई चार हजार ६७१ मतको अन्तरले पराजित गरे । थापाले १७ हजार ८६८ र जोशीले १३ हजार १९७ मत प्राप्त गरे ।

प्रदेश (ख) मा माओवादी केन्द्रकी उम्मेदवार देवकी मल्ल विजयी भइन् । मल्लले १६ हजार ७४३ मत प्राप्त गरिन भने उनका निकटतम प्रतिद्वन्द्वी पूर्वराज्यमन्त्री नरेशबहादुर सिंहले १४ हजार २४२ मत प्राप्त गरे । नेपाली काँग्रेसका नेता तथा पूर्वराज्यमन्त्री नरेशबहादुर सिंह २ हजार ५०१ मतको अन्तरले पराजित भए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);