अर्घाखाँची प्रदेशसभामा एमालेका चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरे विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अर्घाखाँची, २६ मंसिर । अर्घाखाँचीको प्रदेशसभा मा एमालेका चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरे निर्वाचित भएका छन् । क्षेत्र नं १ मा वाम गठबन्धनकातर्फबाट एमालेका चेतनारायण आचार्य २४ हजार ६१५ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विष्णुप्रसाद खनाल मुस्कानले १४ हजार १३५ मत प्राप्त गरे । आचार्यले खनाललाई १० हजार ५१६ मतअन्तरले पराजित गरेका छन् ।

प्रदेशसभा २ मा वाम गठबन्धनतर्फबाट एमालेका रामजीप्रसाद घिमिरेले २६ हजार १५९ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हिम्मतबहादुर टण्डनले १७ हजार २३३ मत प्राप्त गरे ।

यसअघि यहाँको प्रतिनिधि सभामा वाम गठबन्धनका उम्मेदवार एवं माओवादी नेता टोपबहादुर रायमाझी निर्वाचित भइसकेका छन् । रायमाझीले कांग्रेसका डा रामबहादुर विसीलाई १८ हजार २ सय ९२ को भारी मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन् । रायमाझीले ५० हजार ८ सय ३७ मत प्राप्त गरी विजयी भए भने विसीले ३२ हजार ५ सय ४४ मत प्राप्त गरी पराजित भएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);