प्रतिनिधिसभाको निर्वाचनमा ६१ जिल्लामा कांग्रेसको परिणाम शून्य | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

देशव्यापी संगठन रहेको नेपाली कांग्रेस प्रतिनिधिसभाको निर्वाचनमा ६१ जिल्लामा शून्य, भोट बैंक मानिने जिल्लामा प्रभावशाली नेता नै पराजित ।

काठमाडौं, २६ मंसिर ।  प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले ६१ जिल्लामा शून्य परिणाम ल्याएको छ । नेकपा एमाले र माओवादी केन्द्रले मिलेर उम्मेदवारी दिंदा प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेस ६१ जिल्लामा शून्य भएको हो । मतगणना जारी रहेको सर्लाहीको–४ मा अमरेश कुमार सिंहले पराजय व्यहोरे कांग्रेस निल भएका जिल्लाको संख्या ६२ पुग्ने छ ।

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १६० क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक हुँदा नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धनले दुई तिहाइ सिट जितेको छ । वाम गठबन्धनले दुई तिहाइ जित्दा त्यसको असर नेपाली कांग्रेसले भोग्नुपरेको छ । नयाँ शक्ति पार्टीको साथ पाइ रसुवा जिल्लाबाट खाता खोलेको नेपाली कांग्रेस १५ जिल्लामा सीमित भएको छ ।

कांग्रेस ६१ जिल्लामा निल भएको छ । काँग्रेसका प्रभावशाली नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला, बलबहादुर केसी, डाक्टर रामशरण महत, पूर्णबहादुर खड्का, भिष्मराज आङदेम्बे, दिपक गिरी, रमेश लेखक, डाक्टर आरजु राणा, दिपकुमार उपाध्याय, विमलेन्द्र निधि, मोहन बस्नेत, रामहरि खतिवडा, दिपक खड्का, उदयशमशेर राणा लगायतले पराजय व्यहोर्दा काँग्रेस ६१ जिल्लामा निल भएको हो ।

कांग्रेसले आफ्नो भोट बैंक मान्दै आएका कैलाली, कञ्चनपुर, डोटी, दाङ, बाँके, चितवन, पर्सा, महोत्तरी, धनुषा, झापा, ओखलढुंगा, नुवाकोट, सोलुखुम्बु, संखुवासभा, ललितपुर र सिन्धुपाल्चोकमा कांग्रेसले हात धुनुपरेको छ ।

कांग्रेसले रसुवा, काठमाडौं, बारा, रौतहट, सिरहा, सप्तरी, सुनसरी, उदयपुर, मोरङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, बर्दिया र डडेल्धुरामा मात्र आफ्ना उम्मेदवारलाई जिताएको छ । काँग्रेसले एकभन्दा बढी उम्मेदवार जिताएका जिल्ला पनि चार वटा मात्र छन् । २१ सिट जितेको कांग्रेसले काठमाडौंमा चार तथा सुनसरी, रुपन्देही र रौतहटमा २-२ सिट जितेको छ ।
०००

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);