देशव्यापी संगठन रहेको नेपाली कांग्रेस प्रतिनिधिसभाको निर्वाचनमा ६१ जिल्लामा निल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

देशव्यापी संगठन रहेको नेपाली कांग्रेस प्रतिनिधिसभाको निर्वाचनमा ६१ जिल्लामा निल

काठमाडौं, २७ मंसिर । देशव्यापी संगठन रहेको नेपाली कांग्रेस ६१ जिल्लामा निल भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रले मिलेर उम्मेदवारी दिंदा प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेस ६१ जिल्लामा निल भएको हो । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १६१ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक हुँदा नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धनले दुई तिहाइ सिट जितेको छ । वाम गठबन्धनले दुई तिहाइ जित्दा त्यसको असर नेपाली कांग्रेसले भोग्नुपरेको छ ।

पछिल्लो मतपरिणाम अनुसार सर्लाही–४ बा नेपाली कांग्रेसका अम्रेश कुमार सिंह निर्वाचित भएका छन् । २९ हजार ६ सय ७५ मत प्राप्त गरेका सिंहले राजपा नेपालका राकेश मिश्रलाई पराजित गरेका हुन् । नयाँ शक्ति पार्टीको साथ पाइ रसुवा जिल्लाबाट खाता खोलेको नेपाली कांग्रेस १६ जिल्लामा सीमित भएको छ । कांग्रेस ६१ जिल्लामा निल भएको छ

। काँग्रेसका प्रभावशाली नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला, बलबहादुर केसी, डाक्टर रामशरण महत, पूर्णबहादुर खड्का, भिष्मराज आङदेम्बे, दिपक गिरी, रमेश लेखक, डाक्टर आरजु राणा, दिपकुमार उपाध्याय, विमलेन्द्र निधि, मोहन बस्नेत, रामहरि खतिवडा, दिपक खड्का, उदयशमशेर राणा लगायतले पराजय व्यहोर्दा काँग्रेस ६१ जिल्लामा निल भएको हो । कांग्रेसले आफ्नो भोट बैंक मान्दै आएका कैलाली, कञ्चनपुर, डोटी, दाङ, बाँके, चितवन, पर्सा, महोत्तरी, धनुषा, झापा, ओखलढुंगा, नुवाकोट, सोलुखुम्बु, संखुवासभा, ललितपुर र सिन्धुपाल्चोकमा कांग्रेसले हात धुनुपरेको छ ।

कांग्रेसले रसुवा, काठमाडौं, बारा, रौतहट, सिरहा, सप्तरी, सुनसरी, उदयपुर, मोरङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, बर्दिया। सर्लाही र डडेल्धुरामा मात्र आफ्ना उम्मेदवारलाई जिताएको छ । काँग्रेसले एकभन्दा बढी उम्मेदवार जिताएका जिल्ला पनि चार वटा मात्र छन् । २१ सिट जितेको कांग्रेसले काठमाडौंमा चार तथा सुनसरी, रुपन्देही, सर्लाही र रौतहटमा २÷२ सिट जितेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);