मन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा–२ बाट पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

काठमाडौं, २७ मंसिर । सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा–२ बाट पराजित भएका छन् ।

कांग्रेसका पुर्व उपसभापति समेत भएका श्रेष्ठ एमालेकी पद्मा अर्यालसँग ३ हजार ७ सय ६ मतान्तरले पराजित भएका हुन् । बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार अर्यालले ३५ हजार १ सय ४२ मत ल्याएका छन् । श्रेष्ठ ३१ हजार ४ सय ३६ मतमा रोकिए । योसँगै स्याङजाको सबै स्थानको नतिजा बाहिरिएको छ । प्रतिनिधिसभाको दुवै क्षेत्रमा एमालेको पल्लाभारी भएको छ । यता, कैलाली–२ बाट एमालेका झपट रावल विजयी भएका छन् ।

वाम गठबन्धनका साझा उम्मेदवार रावलले कांग्रेस उम्मेदवार मोहनसिंह राठौरलाई पराजित गर्दै जित निकालिएका हुन् । उम्मेदवारी मनोनयनको अघिल्लो दिन मात्रै एमालेबाट कांग्रेस प्रवेश गरि टिकट लिएका राठौर एक हजार ८ सय १४ मतान्तरले पराजित भए । रावल २५ हजार १ सय २७ मत ल्याएर निर्वाचित हुँदा राठौर २३ हजार ३ सय १३ मत सहित पराजित भए । योसंगै कैलालीका ५ वटै निर्वाचन क्षेत्रका मतगणना सम्पन्न भएको छ ।

५ निर्वाचन क्षेत्रमध्ये एमाले र माओवादीले दुई दुई र राजपाले १ निर्वाचन क्षेत्र जितेका छन् । क्षेत्र नंम्बर १ मा राजपाका रेशमलाल चौधरी, २ मा झपट रावल, ३ मा माओवादी केन्द्रका गौरीशंकर चौधरी, ४ मा माओवादी केन्द्रका लेखराज भट्ट र ५ मा एमालेका नारदमुनि राना निर्वाचित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);