कांग्रेस अधिवेशन : जनताले जिताए पनि कार्यकर्ताले हराएका मेयरसाप ! | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

कांग्रेस अधिवेशन : जनताले जिताए पनि कार्यकर्ताले हराएका मेयरसाप !

तनहुँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तनहुँमा भएको जिल्ला अधिवेशनले कार्यकारी पदको टुंगो लगाइसकेको छ । शनिबार मतदान भएर आइतबार राति कार्यकारी पदमा मतगणना सकिएको हो । सदस्य पदमा अझै पनि मतगणना जारी छ ।

कार्यकारी पदमा भएको निर्वाचनमा जिल्लाका तीन जना मेयरले पराजय भोग्नुपरेको छ । २०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा जनताको लोकप्रिय मत पाएर विपक्षी पार्टीका उम्मेद्वारलाई चुनावी मैदानमा पर्छादै मेयर बनेकाहरू पार्टीको आन्तरिक निर्वाचनमा भने असफल भएका छन् ।  जनप्रतिनिधि झनै लोकप्रिय हुनुपर्नेमा आफ्नै कार्यकर्ताको मन जित्न नसकेर पार्टीको आन्तरिक निर्वाचनमा पराजित भएपछि चर्चामा छन् उनीहरू ।

स्थानीय तहको निर्वाचनमा जिल्लाका चारमध्ये तीन नगरपालिकामा नेपाली कांग्रेसको उम्मेद्वार भई विजेता बन्दै व्यास नगरपालिकामा वैकुण्ठ न्यौपाने, शुक्लागण्डकीमा किसान गुरुङ र भानुमा उदयराज गौली मेयर बन्न सफल भएका थिए। यी तीनै जना मेयर कांग्रेस तनहुँको नेतृत्व हाँक्न कार्यकर्ताबाट अयोग्य ठहरिएका छन् । 

कांग्रेस तनहुँको सभापतिमा पुनः जित हासिल गर्दै दोस्रो कार्यकाल दोहोर्‍याउने वैकुण्ठको दाउमा जितप्रकाश आले बाधक भए । आलेले नाै सय ५१ मत पाएर निर्वाचित भए । न्यौपानेले सात सय ८३ मत ल्याए । आले र न्यौपानेबीचको मतान्तर एक सय ६८ रहेको छ । जिल्ला अधिवेशनमा एक हजार सात सय ८१ मत खसेको थियो । 

उपसभापतिमा शुक्लागण्डकीका मेयर गुरुङ र भानुका मेयर गौली पराजित भएका हुन् । उपसभापतिमा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ निर्वाचित भए । श्रेष्ठद्वयले क्रमश: नाै सय सात र आठ सय ७६ मत पाएका छन् । पराजित उम्मेद्वार गुरुङले आठ सय ६६ र गौलीले सात सय २१ मत प्राप्त गरेका थिए । गुरुङले १० मत कम ल्याउँदा जिल्ला कमिटीबाट बाहिर हुनुपर्‍यो ।

तीनै जना मेयर वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलका उम्मेद्वार थिए । पौडेल समूहलाई केन्द्रीय सदस्य प्रदीप पौडेल समूहको पनि समर्थन थियो । न्यौपाने र गौली रामचन्द्र निकट, गुरुङ प्रदीप निकटका हुन् ।

जिल्ला अधिवेशनमा कार्यकारी पदमा एक जना बाहेक सबै संस्थापन समूहका उम्मेद्वार विजयी भएका छन् । पौडेलको प्यानलबाट उम्मेद्वारी दिएका मिलन आले भने पपुलर मत ल्याएर सहसचिव पदमा विजयी भएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);