समानुपातिकको अहिलेसम्मको नतिजा अनुसार एमालेको अग्रता कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, २७ मंसिर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ पनि नेकपा एमाले अगाडि देखिएको छ ।

निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको नतिजा अनुसार एमालेले १८ लाख ६० हजार ५ सय ७१ मत ल्याएको छ । दोस्रो स्थानमा देखिएको नेपाली कांग्रेसले १७ लाख ७० हजार ६ सय २१ मत ल्याएको छ भने माओवादी केन्द्रले ७ लाख २६ हजार ४ सय ६५ मत ल्याएको छ ।

संघीय समाजवादी फोरम नेपाल २ लाख २७ हजार ८ सय ४७ मतसहित चौंथो स्थानमा रहँदा राजपा नेपाल १ लाख ६९ हजार ५ सय ५९ मत ल्याउदैं पाँचौ स्थानमा उक्लिएको छ । राप्रपा नेपाल १ लाख २५ हजार ९२ पाउदै छैठौं स्थानमा पुगेको छ ।

विवकशील साझाले १ लाख १५ हजार ७ सय ४० मत ल्याउदाँ डाक्टर बाबुराम भट्टराईको नयाँ शक्तिले ५४ हजार २ सय ५८ मत पाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);