पत्रकार महासंघ निर्वाचनको मत गणना सकिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पत्रकार महासंघ निर्वाचनको मत गणना सकिँदै

काठमाडौं, २८ चैत । नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका लागि भएको मतदानको मत परिणाम आउने क्रम जारी छ ।

निर्वाचन समितिका सदस्य रामहरि सिलवालका अनुसार अहिले सम्म मुलुकका विभिन्न ६० जिल्लाको मत परिणाम आईसकेको छ । रुकुम पूर्व बाहेक ७६ जिल्लामा निर्वाचन भएको थियो । अझै १६ जिल्लाका मत परिणाम आउन बाँकी रहेको उनले जानकारी दिए ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा अहिले काठमाडौं जिल्लाको मत गणना भईरहेको छ । पछिल्लो मत परिणाम अनुसार , विपुल पोख्रेल नेतृत्वको प्यानल नै अगाडि आईरहेको छ ।

पोख्रेल नेतृत्वको प्यानल अर्का प्रतिष्पर्धी निर्मला शर्मा नेतृत्वको प्यानल भन्दा २ हजार बढी मतान्तरले अगाडि रहेको निर्वाचन समिति सदस्य सिलवालले जानकारी दिए ।

पछिल्लो मत परिणाम अनुसार,पोख्रेल नेतृत्वको समूहले ५ हजार ३ सय मत र शर्मा नेतृत्वको समूहले ३ हजार मत ल्याएको सिलवालले जानकारी दिए ।

सिलवालले विद्युत् आपुर्तिमा समस्या आएकाले जाजरकोट, हुम्ला लगायत केही जिल्लाको मतपरिणाम केन्द्रसम्म आईपुग्न कठिनाई भएको बताए ।

मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुन लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);