क्रान्तिकारीको मतगणना : घट्यो तामाङ र शर्माबीचको मतान्तर, यस्तो छ पछिल्लो मत ... | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

काठमाडौं, १६ भदौ । नेकपा (माओवादी-केन्द्र)  निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रीय महाधिवेशन भदौ ७ गतेदेखि काठमाडौंमा जारी छ । सँधै सर्ब सहमतिमा हुँदै आएको संघको महाधिवेशन र नयाँ नेतृत्व चयन अहिले पहिलो पटक मतदान प्रक्रियामा गएको छ।

 

संगठनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा रञ्जित तामाङ र अनिल शर्माको तीब्र प्रतिस्पर्धा देखिएको छ।  शुक्रबार मध्यान्ह्सम्म प्राप्त पछिल्लो मत परिणाम अनुसार अहिलेसम्म १, २, ४ र ७ नम्बर प्रदेशको मत गणना सकिएको छ । अहिले ५, ६ र विश्वविद्यालयको मतगणना भइरहेको निर्वाचन समितिका सदस्य नरेन्द्र न्यौपानेले इमाउनन्टेनटिभी डटकमलाई जानकारी दिएका छन्।

 

अहिले गणना भइरहेका प्रदेशको करिब आधा मत गणना भइरहँदा अध्यक्ष पदका उम्मेदवार रञ्जित तामाङले ३६७ मत पाएका छन् भने अनिल शर्माले ३५५ मत ल्याएका छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);