पर्सामा निर्वाचन मर्यादित बनाउने विषयमा छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

पर्सा, १६ भदौ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहित बनाउन मुख्य निर्वाचन कार्यालय पर्साले शुक्रबार जिल्लाका राजनीतिक दलहरुसँग सर्वदलीय बैठक गरेको छ ।

 

बैठकमा आचारसंहिता पालना, उम्मेदवारी दर्ता, भीड व्यवस्थापन, सुरक्षा लगायत विषयमा छलफल भएको निर्वाचन कार्यालयले जनाएको छ । उम्मेदवारी दर्ताका दिन दलहरुले बाजागाजा र समर्थकसहित मुख्य निर्वाचन कार्यालयमा उपस्थित हुने हुँदा कति जना कार्यालयभित्र जाने, समर्थकलाई कता राख्ने, समय व्यवस्थापन कसरी गर्ने जस्ता विषयमा कार्यालयले दलहरुसँग छलफल गरेको छ । मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले आचारसंहिता उल्लंघन नगर्न दलहरुलाई आग्रह गरेको छन् ।

 

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा नेपाल, फोरम गणतान्त्रिक, फोरम लोकतान्त्रिक लगायतका दलको सहभागिता थियो ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);