सत्तारुढ दलका नेता र मन्त्रीहरुले नै निर्वाचन आचारसंहिताको उल्लङ्घन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बारा, २६ भदौ । बारामा सत्तारुढ दलका नेता र मन्त्रीहरुले नै निर्वाचन आचारसंहिताको खिल्ली उडाएका छन् । निर्वाचन आचारसंहिता विपरीत गृहमन्त्री जनार्दन शर्मा चुनाव प्रचारमा जुटेका छन् भने अन्य सत्तारुढ दलका अन्य नेताहरुले पनि आचारसंहिता पालनाको कुनै वास्ता गरेका छैनन् ।

गृहमन्त्री जनार्दन शर्मा आइतबार बारामा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुलाई भोट माग्न व्यस्त भएका थिए ।

गृहमन्त्री शर्मामात्र नभएर उपप्रधानमन्त्री विजयकुमार गच्छदार र अन्य मन्त्रीहरुले पनि आचारसंहिता उल्लंघन गरिरहेका छन् । प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय निर्वाचन प्रचारका क्रममा सत्तारुढ दलहरुले नै बढी आचारसंहिताविपरीत गतिविधि गरिरहेको बाराका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसहितका सत्तारुढ दलहरु निर्वाचन आचारसंहिता मिच्दै पार्टीको झन्डा बोकेर भोट मागिरहेका छन् । आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले उप–प्रधानमन्त्री गच्छदार र ऊर्जा राज्यमन्त्री अमरसिंह पुनलाई शनिबार स्पष्टीकरण पनि सोध्यो तर पनि दलहरुले आचारसंहित उल्लंघन गर्न छाडेका छैनन् ।

सबैजसो दलहरुले आचारसंहिताविपरीत झन्डा लगाउनुका साथै जुलुसमा बालबालिकालाई प्रयोग गरिरहेका छन् । तर, निर्वाचन आयोग आचारसंहिताको पालना गराउने विषयमा निरीह देखिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);