आयोगका गतिविधिले निर्वाचनको निष्पक्षता माथि नै आशंका : एमाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

निर्वाचन आयोगको गतिविधिले निर्वाचनको निष्पक्षता माथि नै प्रश्न खडा भएको एमालेको ठहर, सरकारले निन्तर आचारसंहिता उल्लंघन गर्दा पनि आयोग मौन बसेको आरोप

काठमाडौं, २९ भदौ । नेकपा एमालेले निर्वाचन आयोगको गतिविधिले दुई नम्बर प्रदेशमा हुन लागेको स्थानीय तह निर्वाचनको निष्पक्षतामाथि नै आशंका उत्पन्न भएको जनाएको छ ।

एमाले नेता अग्नी खरेलले सरकारले निरन्तर निर्वाचन आचारसंहिता विपरित काम गर्दासमेत निर्वाचन आयोग मौन बस्नुले निर्वाचनको निष्पक्षता माथि नै शंका उत्पन भएको बताए ।

पछिल्लो समय निर्वाचनको मुखमा जिल्ला न्यायाधिसहरुको सरुवा गरेर निर्वाचन आचारसंहिता उल्लंगन गरेको उनको भनाइ थियो ।

सरकारले निरन्तर आचारसंहिता उल्लंघन गर्दा समेत आयोगले वेवास्था गरी सरकार र सत्तारुढ दलको पक्षपोषण गरेको उनको आरोप छ । उनले पहिलो र दोस्रो तहको स्थानीय तह निर्वाचन सम्पन्न गराउन सक्ने मुख्य निर्वाचन अधिकृतहरुले तेस्रो चरणको निर्वाचन गराउन नसक्ने अवस्था कसरी उत्पन्न भयो भनि प्रश्न समेत गरे ।

नेता खरेलले जिल्ला न्यायाधिशहरुको सरुवाका विषयमा आफ्नो पार्टीले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको टिप्पणी गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);