आयोगका गतिविधिले निर्वाचनको निष्पक्षता माथि नै आशंका : एमाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

निर्वाचन आयोगको गतिविधिले निर्वाचनको निष्पक्षता माथि नै प्रश्न खडा भएको एमालेको ठहर, सरकारले निन्तर आचारसंहिता उल्लंघन गर्दा पनि आयोग मौन बसेको आरोप

काठमाडौं, २९ भदौ । नेकपा एमालेले निर्वाचन आयोगको गतिविधिले दुई नम्बर प्रदेशमा हुन लागेको स्थानीय तह निर्वाचनको निष्पक्षतामाथि नै आशंका उत्पन्न भएको जनाएको छ ।

एमाले नेता अग्नी खरेलले सरकारले निरन्तर निर्वाचन आचारसंहिता विपरित काम गर्दासमेत निर्वाचन आयोग मौन बस्नुले निर्वाचनको निष्पक्षता माथि नै शंका उत्पन भएको बताए ।

पछिल्लो समय निर्वाचनको मुखमा जिल्ला न्यायाधिसहरुको सरुवा गरेर निर्वाचन आचारसंहिता उल्लंगन गरेको उनको भनाइ थियो ।

सरकारले निरन्तर आचारसंहिता उल्लंघन गर्दा समेत आयोगले वेवास्था गरी सरकार र सत्तारुढ दलको पक्षपोषण गरेको उनको आरोप छ । उनले पहिलो र दोस्रो तहको स्थानीय तह निर्वाचन सम्पन्न गराउन सक्ने मुख्य निर्वाचन अधिकृतहरुले तेस्रो चरणको निर्वाचन गराउन नसक्ने अवस्था कसरी उत्पन्न भयो भनि प्रश्न समेत गरे ।

नेता खरेलले जिल्ला न्यायाधिशहरुको सरुवाका विषयमा आफ्नो पार्टीले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको टिप्पणी गरेका छन् ।