प्रधानमन्त्री देउवाले नै गरे आचारसंहिताको उलंघन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

२८ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले निर्वाचन आचारसंहिता उलंघन गरिरहेको पुष्टि भएको छ ।

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा खटिएका पर्यवेक्षकहरुले प्रधानमन्त्री देउवा र मन्त्रीहरु आफैैले निर्वाचन आचारसंहिता उलंघन गरिरहेको रिर्पोट निर्वाचन आयोगलाई बुझाएका हुन् । बुधबार काठमाडौंस्थित निर्वाचन आयोगको केन्द्रिय कार्यालयमा निर्वाचन आयोगका पदाधिकारीसँग भेटगरी उनीहरुले सरकार आफैं निर्वाचन आचारसंहिता उलंघनका लागेकाले त्यसलाई नियन्त्रण गर्न कडा कदम चाल्न पनि निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री र मन्त्रीहरु आफैले निर्वाचन आचारसंहिता उलंघन गरेको पाइएको आम निर्वाचन पर्यवेक्षण समिति ‘जियोक’ का सदस्यसचिव कृष्णमान प्रधानले जानकारी दिए। उनले सरकार आफै निर्वाचन आचारसंहिता उलंघनमा लागेकाले नियन्त्रणका लागि कडा कदम चाल्न निर्वाचन आयोगलाई सुझाव दिनु परेको उनले बताए। पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा भन्दा पनि बढि तेस्रो चरणको निर्वाचनको क्रममा आचारसंहिता उलंघन भएको निर्वाचन पर्यवेक्षकहरुको रिर्पोटमा उल्लेख गरिएको छ ।

पर्यवेक्षकहरुले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउन सरकारलाई अझै सचेत गराउन र आवश्यक परे कडा कानुनी कार्वाही पनि निर्वाचन आयोगसँग आग्रह गरेका छन् । उनीहरुले प्रदेश नम्बर २ को ८ वटै जिल्लाको चुनाव प्रचार–प्रचार अभियानका क्रममा राजनीतिक दलहरुले पनि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न नसकेको पाइएकोतर्फ पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

यता, प्रमुख निर्वाचन आयुक्त यादवले भने सरकार र राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता उलंघन नगर्न आवश्यक दवाव दिन पनि निर्वाचन पर्यवेक्षकहरुको ध्यानाकर्षण गराउनु गराएका थियो । निर्वाचन आचारसंहिता उलंघन नगर्न दवाव दिन पनि प्रमुख निर्वाचन आयुक्त यादवले आग्रह गर्नु भएको पनि जियोकका सदस्य सचिव प्रधानले जानकारी दिए ।

निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि करिव ३ हजार पर्यवेक्षक टोली परिचालन गरिएको छ । पर्यवेक्षकहरुले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षा सतर्कता अपनाउन सरकारलाई सचेत गराउन पनि निर्वाचन आयोगसँग आग्रह गरेका छन । आगामी सोमबार प्रदेश नम्बर २ अन्तरगतको १ सय ३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । निर्वाचनलाई निर्भयताका साथ सम्पन्न गर्न आवश्यक तयारीको काममा तीव्रता दिइएको निर्वाचन आयोगले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);