सरकार र सत्तारुढ दलले आचारसंहिता उल्लंघन गरेको एमालेको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सरकार र सत्तारुढ दलले आचारसंहिता उल्लंघन गरेको एमालेको आरोप

काठमाडौं, १७ भदौ । नेकपा एमालेले सरकार आफैले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको आरोप लगाएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको पार्टी स्थायी समिति बैठकले सरकार र सत्तारुढ दलहरुले निर्वाचन आचारसंहितको चरम उलंघन गरेको निष्कर्ष निकाल्दै कार्वाही गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

 

प्रधानमन्त्री र मन्त्रीहरु स्वयम्ले नै निर्वाचन आचारसंहिता उलंघन गरेकाले कार्वाही गर्न निर्वाचन आयोगसँग माग गर्ने निर्णय गरिएको पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

 

एमालेले सबै राजनीतिक दलहरुलाई निर्वाचन प्रचार अभियानमा निर्भयताका साथ सहभागी हुने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

 

शान्ति, सुरक्षा सुदृढ बनाई सबै राजनीतिक दलहरुलाई निर्वाचन प्रचार प्रसार अभियानमा जुटने वातावरण बनाउन पनि सरकारको ध्यानाकर्षण गराइएको सचिव भट्टराईले बताए ।

 

एमालेले दुई दिन भित्र स्थानीय तह तेस्रो चरणको निर्वाचनमा लागि सबै उम्मेदवारको टुंगो लगाउने निर्णय पनि गरेको छ । स्थानीय आवश्यक्ता अनुसार प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा एमालेले तालमेल गरेर जाने नीति पनि तय गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);