प्रधानमन्त्रीले आचारसंहिता उल्लंघन गरेपनि कार्वाही गर्ने अवस्था छैन : यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्रीले आचारसंहिता उल्लंघन गरेपनि कार्वाही गर्ने अवस्था छैन : यादव

काठमाडौं, २८ भदौ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता उलंघन गरेको स्विकार गरेका छन् । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता उलंघन गरेपनि प्रधानमन्त्रीलाई कार्वाही गर्न मिल्ने अवस्था नरहेको उनले प्रतिक्रिया दिए।

निर्वाचन आचारसंहिता विपरित प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद विस्तार गरेकोमा सर्वत्र आलोचना भईरहेको छ। तर प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता उलंघन गरेको विषयलाई लिएर आफू विवादमा आउन नचाहेको स्पष्ट पारे।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचन आचारसंहिता पालना गराउने निकाय आफैले उलंघन गर्नु हुन्न भन्ने मान्यतामा निर्वाचन आयोग रहेको बताए । आयोगको सम्पूर्ण ध्यान निर्वाचनलाई सफल बनाउन केन्द्रित भएको उनको भनाई छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता उलंघन हुन नदिन आयोग सजग र सचेत रहेको बताए। उनले निर्वाचन आचारसंहिता व्यापक उलंघन भएको भन्ने भनाईमा सत्यता नरहेको दावी गरे । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसहिता उलंंघन हुन नदिन आयोगले नियमनको कामलाई कडाइका साथ अघि बढाएको बताए।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन हुन नदिन आयुक्तहरुकै नेतृत्वमा अनुगमन टोली नै परिचालन गरेको छ। प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता उलंघन हुन नदिन दवाव अभियान संचालन गर्न पनि नागरिक समाजसँग आग्रह गरे।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);