निर्वाचन आयुक्त डाक्टर यादवद्धारा सरकारलाई आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

काठमाडौं, १२ असोज । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले सरकारले निर्वाचन आयोगलाई उपेक्षा गरेको आरोप लगाएका छन् ।

बिहिबार राजधानीमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले सरकारले बारम्बार सचेत गराउँदासमेत निर्वाचन आचारसंहिता उल्लंघन गरी आयोगको उपेक्षा गरेको अरोप लगाए । सरकारले आयोगको निर्देशन विपरित पटक–पटक निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उनले कानुनको पालना सबैले गर्नुपर्नेमा जोड दिए । उनले सरकारले आयोगको अस्तित्व र औचित्यमाथि नै प्रश्न उठाउने गरि निर्वाचन आचारसंहिता विपरित काम कारवाही अघि बढाईरहेको भन्दै त्यसले गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएका छन् ।

सरकारका कामकारवाही प्रति अत्यन्तै रुष्ट देखिनुभएका यादवले सरकारले निर्वाचनका लागि प्रतिकुल वातावरण बनाउदै लगेको आरोप समेत लगाए ।

जनतालाई आचार संहिता पालना गराउन सचेत गराउनुपर्ने सरकार आफैले उंलघन गर्नु दुखद भएको प्रमुख आयुक्त यादवको टिप्पणी थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);