मन्त्रिपरिषद्को निर्णय चिकित्सकको हकहित विरुद्ध नभएको: प्रधानमन्त्री देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, १३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को निर्णय चिकित्सकको हकहित विरुद्ध नभएको बताए ।

चिकित्सकहरुको मागबारे आफू सचेत रहेकाले आगामी दिनमा त्यसलाई समाधान गर्न आफू प्रतिवद्ध रहेको उनले बताए । संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिएर बिहीबार राती स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै चिकित्सकको सुरक्षाका लागि सरकार सदैव तयार रहेकाले स्वास्थ्य सेवामा हडतालका कार्यक्रम फिर्ता लिन आह्वान गरे ।

प्रधानमन्त्री देउवाले राष्ट्रसंघको महासभामा सम्बोधनका क्रममा आफूले स्थानीय निकायको निर्वाचनबारे जानकारी गराएको बताए । साथै काभ्रेको पांचखालमा भएको वीरेन्द्र सैनिक शान्ति कार्य तालिम केन्द्र क्षेत्रीय स्तरको बनाउन आफूले राष्ट्रसंघका महासचिवलाई गरेको आग्रहमा महासचिव पनि सकारात्मक रहेको उहाँले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले ओमानको औपचारिक भ्रमण द्धिपक्षीय परामर्श भएको पनि जानकारी दिए । ओमानमा कार्यरत नेपालीहरुको हकहितको रक्षाको लागि द्विपक्षीय सम्झौताबारे पनि कुराकानी भएको उनले बताए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);