एमसीसी राष्ट्रिघाती सम्झौंता होइन देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमसीसी राष्ट्रिघाती सम्झौंता होइन देउवा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले एमसीसी राष्ट्रि घाती नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशन शुभकामना मन्तब्य व्यक्त गर्दै प्रधानमन्त्री देउवाले एमसीसी सित्तैमा आएको सहयोग भएको बताएका हुन् । उनले एमसीसी सम्झौता राष्ट्रघाती नभएकोले पारित गर्नुको विकल्प नरहेको बताएका छन् ।

यहाँ सबैले एमसीसी राष्ट्रघाती भनेको सुने । राष्ट्रघाती भन्नेले एमसीसी पढेकै छैनजस्तो लाग्यो । मैले पढ्दा त कतै राष्ट्रघात देखिनँ त’, उनले भने आफू राष्ट्रिय र प्रजातन्त्रका लागि संघर्ष गरेर आएको प्रधानमन्त्री भएकोले राष्ट्रघाती सम्झौता हनु नदिनेमा सचेत रहेको समेत उल्लेख गरे ।

‘राष्ट्रियता र प्रजातन्त्रका लागि लडेर आएको मान्छे मै हुँ । मै प्रधानमन्त्री भएको बेला राष्ट्रघाती सम्झौता गरौला त ? एमसीसी राष्ट्रघाती छदै छैन । सित्तैमा आको पैसा पनि लिन्न भन्ने हो त ?’, उनले भने ।

देउवाले विश्व बैंक र एडिबीजस्ता निकायले ऋण लिँदासमेत अन्तर्राष्ट्रिय कानून आकर्षित हुने गरेको स्मरण गराउँदै एमसीसीले अनुदानमा रकम दिने र नेपालकै कानून लागु हुने बताए । उनले दलहरुबीच एमसीसीबारे छलफल भइरहेको भन्दै सहमतिमै एमसीसी पारित गर्ने बताए ।

उनले पाँच दलको गठबन्धन कसैका विरुद्ध नभएको र गठबन्धन पूरा समय टिक्ने र आवश्यक परे अझै अगाडिसम्म जाने समेत बताए । ‘गठबन्धन कसैको विरुद्ध होइन । हामी मिल्न त पाइन्छ नि । गठबन्धन पुरै समय टिक्छ । अझ म त चाहन्छु अझ अगाडिसम्मै मिलेर जानुपर्छ’, देउवाले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);