एमसीसी सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती कदम हुनेछ : भीम रावल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

एमसीसी सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती कदम हुनेछ : भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमसीसी सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती कदम हुने बताएका छन् ।

बुधबार सामाजिक संजालमा ट्वीट गर्दै उनले नेपालको संविधान, कानून, राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने बताएका हुन् ।

नेता रावलले एमसीसी सम्झौता अनुमोदन भएका देश उपनिवेशकरण तर्फ धकेलिने पनि बताए । उनले लेखेका छन्, ‘देश उपनिवेशकरण तर्फ धकेलिनेछ । यस्तो काम सरकार र पार्टीले नगरून् । यसबारे प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस्। ‘

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);