सत्ता गठबन्धनबाट बाहिरिने राजमो अध्यक्ष केसीको चेतवानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सत्ता गठबन्धनबाट बाहिरिने राजमो अध्यक्ष केसीको चेतवानी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता गठबन्धनबाट बाहिरिने चेतवानी दिएका छन् ।

बुधबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा अध्यक्ष केसीले प्रधानमन्त्री देउवालाई एमसीसीको पछि नलाग्न सुझाव दिएका छन् ।

बैठकमा सरकार एमसीसी कसरी पास गर्ने भन्ने कुरामा लागेको भन्दै अध्यक्ष केसीले आपत्ति जनाएका थिए । सरकारको प्राथमिकता कोरोनाविरुद्ध नभइ एमसीसी र संघीयतातर्फ देखिएको उनको आरोप थियो ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र महामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

बैठकमा जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई सहभागी थिए भने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।

बैठकमा एमाले नेता माधव नेपालसमूहबाट डा. विजय पौडेल बैठकमा सहभागी थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);