एमालेको नेपाल पक्ष तत्काल सरकारमा सहभागी नहुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एमालेको नेपाल पक्ष तत्काल सरकारमा सहभागी नहुने

काठमाडौं । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सरकारलाई समर्थन गर्ने गठबन्धन दलहरुको बैठक बस्यो । बेठककको मुख्य एजेण्डा थियो ‘मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने’ ।

बैेठकमा प्रधानमन्त्री शेरबहादुर देउवासंगै अन्य पार्टीका शिर्ष नेता समेत सहभागी थिए। बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र एमालेका माधव नेपाल पक्षका पोलिटब्युरो सदस्य डा विजय पौडेलको पनि सहभागीता रहेको थियो ।

बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारका लागि सबैसंग नाम मागेका थिए । जनमाेर्चाका अध्यक्ष चित्रहादुर केसीले आफुहरुले सरकारलाई बाहिरबाटै समर्थन गर्ने र सरकारमा सहभागी नहुने सुनाएका थिए ।

त्यस्तै माओवादीका अध्यक्ष प्रचण्ड र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले आफुहरुले चाँडै सरकारमा सामेल हुने मन्त्रीहरुको नाम दिने प्रतिवद्धता जनाएका थिए।

तर बैठकमा एमालेको नेपालपक्षबाट प्रतिनिधित्व गरेर गएका डा विजय पौडेलको धारणा भने फरक थियो । ‘ तपाईहरु सरकार विस्तार गर्दै गर्नुस, हामी सल्लाह गर्देछौ, ‘ बैठकमा आफुले राखेका धारणा उदृत गर्दै पौडेलले इमाउण्टेनसंग भने ।

पौडेलले भने, ‘हामी सरकारमा जान बैठकमा गएका होइनौं, विभिन्न सुझाव दिन मात्र गएका हौ ‘। उनले तत्काल सरकारमा जाने सोचमा नभएको र एमाले भित्र एकता वार्ता चलिरहेको समेत बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);