रेशम चौधरीलाई रिहा गरे मात्र नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

रेशम चौधरीलाई रिहा गरे मात्र नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति पार्टी नजाने भएको छ । जेलमा रहेका पार्टीका नेता रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने अध्यक्ष रन्जिता श्रेष्ठले बताएकी छिन् ।

यद्यपि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै रहने उनको भनाइ छ ।

रेशम चौधरीको रिहाइको पहल गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासनले आफूले सरकारलाई समर्थन गरेको पनि उनले उल्लेख गरिन् । अध्यक्ष श्रेष्ठ रेशम चौधरीकी श्रीमती हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);