निर्वाचन आयोगले प्रदान गरेको चुनाव चिन्हमा राप्रपा प्रजातान्त्रिक र राजपा नेपालको असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

काठमाडौं, १३ असोज । राप्रपा प्राजातान्त्रिक र राजपा नेपालले निर्वाचन आयोगले प्रदान गरेको चुनाव चिन्हमा असन्तष्टि व्यक्त गरेका छन् ।

आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको चुनाव चिन्हमा दुवै दलले निर्वाचन आयोग समक्ष पुगेर असन्तुष्टि व्यक्त गरेका हुन् । राप्रपा प्रजातान्त्रिकले आयोगले सार्वजनीक गरेको चुनाव चिन्हमा षडकोण भित्रको हलो र गोलाकार भित्रको हलोले मतदातामा अन्यौला देखिने भन्दै त्यसलाई सच्चाउन माग गरेको छ ।

राप्रपा प्रजातान्त्रिकले साविककै हलोलाई चुनाव चिन्ह प्रदान गर्न निर्वाचन आयोग समक्ष आग्रह गरेको छ । त्यस्तै राजपा नेपालले समानुपातिकतर्फको मतपत्रमा समावेश गरिएको छाता ढल्केको हुनुपर्ने माग गर्दै आयोगको ध्यानाकर्षण गराएको छ । निर्वाचन आयोगका सहसचिव समेत रहुनभएका प्रवक्ता नवराज ढकालले दुवै दलले चुनाव चिन्हका बिषयमा ध्यानाकर्षण गराएपनि सो बिषयलाई तत्काल सम्बोधन गर्न नसकिने बताए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);