राष्ट्रपति भण्डारीद्धारा बडादशैंको अवसरमा ४ सय ५६ कैदीहरुको सजायँ माफी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १९ २०८३, बिहीबार

काठमाडौं, १३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको अवसरमा ४ सय ५६ कैदीहरुको सजायँ माफी गरेकी छिन् ।

सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले कैदीहरुको सजायँ माफी दिनुभएको हो । असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका ४ सय ५६ जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजायँ माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जानकारी दिए । संविधानको धारा २ सय ७६ अनुसार सजायँ माफी दिइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

ताजा समाचार