राष्ट्रपतिद्वारा २४१ जना कैदीको सजाय मिनाहा | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

राष्ट्रपतिद्वारा २४१ जना कैदीको सजाय मिनाहा

rastrapati bidhya bhandari

काठमाडौं, १५ जेठ । सरकारले गणतन्त्र दिवसको अवसर पारेर २४१ जना कैदी बन्दीहरुको कैद सजाय मिनाह तथा दण्ड जरिवाना माफी गरेको छ । २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा तथा आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजाय माफी पनि गरिएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय मिनाहा र दण्ड जरिवाना माफी दिनुभएको हो । राष्ट्रपति कार्यालय शितल निवासबाट जारी विज्ञप्तिअनुसार रामबहादुर भन्ने रमेश विश्वकर्मासमेतका २३३ जना कैदीहरुको बाँकी कैद सजाय माफी मिनाहा भएको छ ।

यसैगरी कपिल देव साह कानूसमेतका आठ जना व्यक्तिहरुलाई विभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट बिभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, विगो, सर्वस्वलगायतको सजाय माफी भएको हो ।

ताजा समाचार