संविधान संशोधनको विषयमा राजनीतिक दलहरुबीच फुट ल्याउने चलखेल शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

संविधान संशोधनको विषयमा राजनीतिक दलहरुबीच फुट ल्याउने चलखेल शुरु

काठमाडौं, १४ जेठ । लिम्पीयाधुरा, लिपुलेक र कालापानी समेटेर राजनीतिक नक्सा जारी गरेसंगै यतिबेला सरकार संविधान संसोधनको गृहकार्यमा जुटिरहेको छ । तर संविधान संसोधनको विषयलाई लिएर फेरी दलहरुबीच फुट ल्याउने चलखेल सुरु भएको छ । लैनचौरको इसारामा यो चलखेल सुरु भई केही नेताहरुको दौडधुप हुन थालेपछि यसको प्रभाव संसद र सांसदमा पनि देखिन थालेको छ । यसबाट आम नागरिकमा फेरी निराशा पैदा भएको छ ।

राजनीतिक नक्सा सार्वजनिक गरेसंगै अहिले सरकारलाई भारतीय अतिक्रमणपछि गुमेका नेपाली भुमि फिर्ता ल्याउनु छ । संविधानको धारा ९ को २ मा निशाना छाप अनुसुचि ३ बमोजिम हुनेछ भनि उल्लेख गरिएको छ । अहीले उल्लेख गरिएको निशान छापमा लिपुलेग कालापानि र लिम्पीयाधुरा उल्लेख गरिएको छैन । त्यस्तै संविधानको धारा ४ मा यो संविधान जारी हँुदाका बखत उक्त क्षेत्र नेपालको हुनेछ भनि उल्लेख गरिएकोे छ । २०७२ साल असोज ३ मा नेपालको नयाँ संविधान जारी भयो ।

संविधान जारी भएको ५ वर्षमा बल्ल कालापानी, लिपुलेग र लिम्पीयाधुरा समावेश गरी नयाँ राजनितीक नक्सा सार्वजनिक भयो । ढिलै भए पनि यो सराहनीयक काम भनी सबै क्षेत्रबाट सरकारको प्रशंसा गरिएको छ । त्यसकारण गुमेका भुमि फिर्ता ल्याउन संविधानको धारा ९ संगै संविधानको धारा ४ पनि संशोधन हुनु जरुरी छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको सरकारले गरेका कतिपय कामहरु आलोचित रहे । विरोधमा विपक्षी र सत्तापक्षबाटै पनि सडकमा आन्दोलन पनि भए । तर भारतद्वारा अतिक्रमित कालापानी क्षेत्रलाई नेपालको नक्सामा राख्न ओली सरकारले चालेको यो कदमलाई ऐतिहासिक कदमको रुपमा आम नेपालीले मुक्त कण्ठले प्रशंशा गरेका छन । यो प्रशंसासंगै नेतृत्वले अब जसरी पनि संविधान संशोधन गर्नुपर्नेछ । तर अहिले पार्टिभित्र र संसदमै सांसदहरु विच संविधान संशोधनको विषयलाई लिएर बाधा अडचन सुरु भएको देखिन्छ ।

नेताहरु लैनचौर जाने र आउने क्रम सुरु भएको छ । नेपालका लागि भारतीय पूर्वराजदूत नै गोप्य रुपमा काठमाडौं आई चलखेल सुरु गरिसेकेका छन् । पूर्व राजदूतलाई भेट्न केही नेताहरु लाज पचाएर होटलमा पुगेका छन् । यही चलखेलको प्रभाव देखिएको छ । संसदमा संविधान संशोधनको लागि दर्ता भएको प्रस्ताव बैठकको कार्यसूचीबाटै हटाइएको छ ।

यो लकडाउनको बेला ति भारतीयहरु नेपाल कसरी आए ? यो अबान्छित चलखेलबाट राष्ट्रिय एकता र स्वाधिनताको विषयमा कतै आँच आउछ कि आम नागरिकमा चिन्ता बढेको छ । यो घृणित चेलखेलका बावजुद भारतको हेपाह र मिचाह प्रवृत्तिलाई अन्त्य गर्न र आफनो भुमि फिर्ता गर्न अहिलेको समय उत्तम छ ।

लामो समयदेखि नेता र नेतृत्वबाट आजित बनेका नेपाली जनतामा अहिले केहि आसा पलाएको छ । नेपाली जनता आफनो देशलाई माया गर्दछन । के हिमाल, के पहाड, अनि के तराइ ? पूर्वदेखि पश्चिमसम्मका आम नेपाली राष्ट्रभक्त छन । राजनितीक दलहरुमा यो समग्र परिवेश याद रहोस की यदि राष्ट्रिय संकल्पमा आँच आउने काम भयो भने अब नेपाली जनताले ति नेता तथा सांसदलाई लेन्डुपको रुपमा हेर्नेछन । र नाङगेझार पार्दै देश निकालासम्म गर्नेछन । जो अहिले लौनचौरको इसारामा भारतीयहरुलाई भेट्न लुकीलुकी होटलहरुमा पुग्ने गरेका छन् । केहीलाई नेपालीहरुले चिनिसकेका छन, केहीलाई चिन्न बाँकी छ ।

बांकीको पनि छिटृै पर्दाफास हुनेछ । ६० वर्षपछि भएको यो कामलाई सफल बनाउन सबै राजनितीक दल एकजुट हुनु अबको पहिलो र निशर्त आवश्यकता हो । किनकी राष्ट्रिय हित र राष्ट्रिय स्वाधिनता भन्दा ठुलो केहि हुन सक्दैन । त्यसैले राष्ट हाँक्ने जिम्मा लिएका राजनितीक दल र तिनका नेतृत्वले नेपाली नागरिकको भावनामा नखेलौ ।

नागरिकको अपेक्षलाई नजर अन्दाज नगरौ । राष्ट्रप्रेम गर्देै राष्ट्रिय भावनाका साथ बाँचौ । आत्मनिर्भर बनौ । कायर भएर बाँच्ने नेपालीको इतिहास छैन । राष्ट्रघाती नेताहरुको अब भविष्य छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);