राष्ट्रपति भण्डारीद्वारा ५९४ जनालाई विभूषण प्रदानः २८९ कैदीबन्दीको कैद माफी मिनाहा | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

राष्ट्रपति भण्डारीद्वारा ५९४ जनालाई विभूषण प्रदानः २८९ कैदीबन्दीको कैद माफी मिनाहा

काठमाडौं, ३ असोज । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय ९४ जनालाई विभूषण प्रदान गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा भण्डारीले विभूषण प्रदान गर्नु भएको हो । मानपदवीतर्फ सु–प्रसिद्ध प्रवल जनसेवा प्रथम १, प्रसिद्ध प्रवल जनसेवा द्वितीय ४, सुकीर्तिमय राष्ट्रद्वीप तृतीय ७, सुप्रवल जनसेवा तृतीय ८७, कीर्तिमय राष्ट्रद्वीप चतुर्थ ८, प्रवल जनसेवा श्री चतुर्थ २ सय ४२ र जनसेवा श्री १०४ जना गरी जम्मा ४ सय ५३ जनाले पाएका छन् ।

यस्तै विभिन्न विभूषणसहितको अलङ्कार १ सय १४ र पदक २७ जनाले पाएका छन् । साथै दिवसको अवसरमा राष्ट्रपति भण्डारीले २ सय ८९ कैदीबन्दीको कैद माफी मिनाहा गर्नुभएको छ ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);