विवादबीच बालकृष्ण ढुंगेलको कैद मिनाहा | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

विवादबीच बालकृष्ण ढुंगेलको कैद मिनाहा

balkrishana

काठमाडौं, १५ जेठ । विवादका बीच नेता बालकृष्ण ढुंगेलको कैद माफी गर्ने निर्णय भएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले सरकारको सिफारिसमा ढुंगेलको कैद माफीको प्रस्ताव स्वीकृत गरेका छन् । राष्ट्रपति भण्डारीले ११ औं गणतन्त्र दिवसका अवसरमा ८ सय १६ कैदीको कैद मिनाहा गरेका हुन् ।

राष्ट्रपतिले असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका ८ सय १६ जना कैदीको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २ सय ७६ बमोजिम माफी गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तत्कालीन माओवादीका नेता ढुंगेल ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्याको अभियोगमा द्वन्द्वकालमा साढे सात वर्ष जेल बसेका थिए । तत्कालिन पुनरावेदन अदालतले ढुंगेललाई सफाइ दिएकामा सर्वाेच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

सर्वोच्चको फैसलापछि ढुंगेल गत कात्तिक १४ गते पक्राउ परेका थिए । कर्तव्य ज्यान मुद्दामा ४० प्रतिशत कैद भुक्तान गरेपछि बाँकी कैद माफी हुने प्रवाधान छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);