प्रजातन्त्र दिवसको अवसरमा ३ सय ८१ जना कैदीको सजाय माफी | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

प्रजातन्त्र दिवसको अवसरमा ३ सय ८१ जना कैदीको सजाय माफी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३ सय ८१ जना कैदीको सजाय माफी गरिदिनुभएको छ ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को बैठकको सिफारिसका आधारमा २०७९ फागुन ७ गतेदेखि लागू हुने गरी विष्णुकुमार लिम्बुसमेतका ३ सय ८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तीमा उल्लेख छ । यस्तै राष्ट्रपति भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा भण्डारीले पुष्कर गौतमसहित १४ जनालाई सजाय माफी गर्नुभएको छ ।

मन्त्रिपरिषदको सिफारिसका आधारमा १४ जनाको सजाय माफी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । गौतम ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भई गत माघमा सर्वोच्च अदालतबाट जन्मकैदको फैसला भएका व्यक्ति हुन् । संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मूल्तवी, परिवर्तन वा कम गर्न सक्ने प्रावधान छ ।

यसैगरी वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन आयोगले तोकेको जरिवाना पनि राष्ट्रपति भण्डारीले मिनाहा गर्नुभएको छ । निर्वाचन खर्च विवरण नबुझाएका १ लाख २३ हजार ६ सय २४ जना उम्मेदवारहरुबाट तत्काल जरिवाना असुल नगर्न बुधबार सर्वोच्च अदालतले पनि अन्तरिम आदेश दिइसकेको थियो ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

७ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

७ घन्टा अघि

Duel Bet: The Casino Showdown

७ घन्टा अघि