रिहा भए सांसद अरुण चौधरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

रिहा भए सांसद अरुण चौधरी

काठमाडौं, ७ फागुन । निलम्बित सांसद अरुणकुमार चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा कैद सजाय माफी गरिदिएपछि उनी आज रिहा भएका हुन् ।

भण्डारीले आज ३ सय ९५ कैदीको सजाय माफी गरिदिएकी छिन् ।

जिल्ला प्रशासन कैलालीमा आवश्यक प्रक्रिया पुरा गरेर चौधरीलगायतलाई रिहा गरिएको कारागार प्रशासनले जनाएको छ ।

महान्यायाधिवक्ता कार्यालयको रायको आधारमा गृह मन्त्रालयले चौधरीको फाइल कैद मिनाहका लागि मन्त्रिपरिषदमा पठाएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);