राष्ट्रपति निर्वाचनमा सांसद चौधरीले मतदान गर्न पाउने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रपति निर्वाचनमा सांसद चौधरीले मतदान गर्न पाउने

काठमाडौं, १२ फागुन । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । चौधरीको निलम्बन फुकुुवा भएसँगै निर्वाचनमा भाग लिन पाउने भएका हुन् ।

सांसद चौधरी निलम्बित भएसँगै निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश गरेको थिएन । निलम्बन फुकुुवापछि चौधरीको नाम फेरी आयोगले अन्तिम मतदाता नामावलीमा समावेश गर्ने भएको हो ।

नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा कैद सजाय माफी गरिदिएपछि उनी आज रिहा भएका हुन् ।

१३ वर्ष अघि थरुहट आन्दोलनका क्रममा ट्याक्टर जलाएको घटनामा कसुरदार ठहर भई पक्राउ परेका सांसद चौधरी बाँकेबाट पक्राउ परेका थिए ।

चौधरी गत मंसिरमा सम्पन्न निर्वाचनमा कैलाली–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । आगजनी गरेको कसूरमा उनीमाथि अदालतले ६ महिना कैद र ८ लाख जरिवाना गर्ने फैसला गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);