सांसद अरुण चौधरी आज रिहा हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सांसद अरुण चौधरी आज रिहा हुँदै

काठमाडौं, ७ फागुन । निलम्बित सांसद अरुणकुमार चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुदैछन् । नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा कैद सजाय माफी गरिदिएकी हुन् । भण्डारीले आज चौधरीसँगै ३ सय ९५ कैदीको सजाय माफी गरिदिएकी छिन् ।

१० बजेपछि आवश्यक प्रक्रिया पुरा गरेर चौधरीलगायतलाई रिहा गर्ने प्रशासनले जनाएको छ । महान्यायाधिवक्ता कार्यालयको रायको आधारमा गृह मन्त्रालयले चौधरीको फाइल कैद मिनाहका लागि मन्त्रिपरिषदमा पठाएको थियो । मन्त्रिपरिषदले सो फाइल राष्ट्रपति कार्यालयमा पठाएको थियो ।

१३ वर्ष अघि थरुहट आन्दोलनका क्रममा ट्याक्टर जलाएको घटनामा कसुरदार ठहर भई पक्राउ परेका सांसद चौधरी बिहीबार बाँकेबाट पक्राउ परेका थिए । चौधरी गत मंसिरमा सम्पन्न निर्वाचनमा कैलाली–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । आगजनी गरेको कसूरमा उनीमाथि अदालतले ६ महिना कैद र ८ लाख जरिवाना गर्ने फैसला गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);